१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बोखिमको उपन्यास ‘गोधूलि गीत’माथि परिचर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:४४:oo

भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’को समीक्षात्मक कार्यक्रम गरिएको छ। उपन्यासमा १० वर्ष लामो माओवादी युद्ध र त्यसको प्रभावको विषय समेटिएको छ।

लेखक सिर्जन अविरलले सहजीकरण गरेको अन्तर्क्रियामा समीक्षक प्रभा मरहट्ठा, अविरल यात्री र लेखक बोखिम सहभागी थिए। शनिबार द नारायणी रिसोर्ट गैँडाकोटमा कार्यक्रम गरिएको हो।

प्रभा मरहट्ठाले ‘गोधूलि गीत’ जनयुद्धको दस्ताबेज भएको बताउँदै युद्धमा लडेकाहरूले परिवर्तनको सपना देखेको बताइन्। तर, परिवर्तनको अपेक्षाअनुरूप वर्तमान समय नआएको कुरा पनि उपन्यासले समेटेको बताइन्। ‘कसरी एक किशोरी पढाइ छाड्न बाध्य हुन्छे। साथै, उसलाई कसरी प्रभावित पार्दै लग्छ भन्ने विषय र घटनाक्रम ‘गोधूलि गीत’मा समेटिएको छ,’ उनले भनिन्।

समीक्षक अविरल यात्रीले ताप्लेजुङमा जन्मिएका बोखिमले रोल्पाको कथा लेख्नु जनयुद्ध आँट्नुजत्तिकै साहसी काम भएको बताए। ‘जनयुद्ध भोगेर या प्रत्यक्ष सामेल भएर लेखिएकोभन्दा पनि रोल्पा जाँदा सँगालेका अनुभवको आधारमा बोखिमले यो उपन्यास लेखेका हुन्,’ यात्रीले भने। रेडियो नाटकमा कलम चलाएका उपन्यासकारले यो उपन्यास पनि नाटकीय शैलीमै लेखेको उनले दाबी गरे।

‘गोधूलि गीत’ किन पढ्ने भन्ने प्रश्नमा उपन्यासकार बोखिमले युद्धलाई तटस्थ तरिकाले हेर्नका लागि उपन्यास पढ्नुपर्ने बताए। उनले युद्धरत पक्षलाई उपन्यासले राम्रो नराम्रो नभएर दुवैलाई समान दूरीमा बसेर नियालेको बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै टिप्पणीकार उदय अधिकारीले सशस्त्र युद्धलाई आधार मानेर नेपाली साहित्यमा धेरै उपन्यास लेखिएको चर्चा गर्दै ‘गोधूलि गीत’ले पनि त्यही युद्धलाई फरक ढंगले प्रस्तुत गरेको बताए। कतिपय उपन्यास लडाकु आफैँले लेखेका भए पनि बोखिमले देश भ्रमणका क्रममा सुनेका र देखेका कुरालाई आधार बनाएर उपन्यासमा उतारेका छन्, अधिकारीले भने। 

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले अध्यक्षता गरेको कार्यक्रमलाई सचिव लेखराम सापकोटाले सहजीकरण गरेका थिए। पुस्तकलाई कलम प्रकाशनले प्रकाशन गरेको हो।

ad
ad