
आइएमई लाइफ इन्स्योरेन्सले छैटौँ वर्ष पूरा गरेको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६ सय १९ जना रक्तदाता सहभागी भएका छन् ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरू बिर्तामोड, इटहरी, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।
छैटौँ वार्षिकोत्सवका कार्यक्रम समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यसअघि इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरूबारे अभिकर्तामाझ जनचेतना कार्यक्रम, धरानमा एक हजार वृक्षरोपण, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रममा कार्यक्रम गरिएको बताए ।