१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुरमा समानान्तर पार्किङ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबारदेखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा यो नियम लागू गरिएको हो ।

यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए । उनका अनुसार समानान्तर पार्किङले सडक चौडातर्फको थोरै ठाउँ मात्रै ओगट्छ ।

पहिलो चरणमा खरिबोट–भनिमण्डलमा मात्रै गरिएको यो नियम क्रमशः अन्य ठाउँमा पनि लागू गरिनेछ । त्यस्तै, महानगरभित्रका चार लेन सडकमा यसरी पार्किङ गर्न दिँदा सडक जाम हुने समस्या कम हुन्छ ।