१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकाण्डका दोषी सिआइबीले नै पत्ता लगाउँछ : गृहमन्त्री श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:११:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डका दोषी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नै पत्ता लगाउने बताएका छन्। 

शनिबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सिआइबी अनुसन्धानकै लागि भनेर स्थापना भएको निकाय भएकाले यसले आफ्नै ढंगले सुनकाण्डको छानबिन गरी दोषी पत्ता लगाउनेमा सरकार विश्वस्त रहेको बताए। 

‘सिआइबीले स्वतन्त्र रूपमा आफ्नै ढंगले काम गरिरहेको अवस्थामा उसलाई बाइपास गरेर उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्नु आफैँमा लज्जास्पद र दुःखद हो,’ श्रेष्ठले भने। 

उनले समिति गठन गर्नु भनेको भरहेको अनुसन्धान कमजोर पार्दै दोषी पत्ता लगाउने विषयमा अलमल्याउने काम मात्र भएकाले यस विषयमा सरकारसँगै गठबन्धनमा आबद्ध दलहरू विपक्षमा रहेको जिकिर गरे।