१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका पाँच एआइजीको सरुवा, को कहाँ पुगे ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३९:oo

सरकारले नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पाँच एआइजीको जिम्मेवारी हेरफेर भएको हो।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरेको छ। 

बढुवा भएर पदस्थापन भएको साढे चार महिनामा नै जिम्मेवारी हेरफेर हुनुलाई अस्वाभाविक मानिएको छ। ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा आएपछि नक्कली शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका लैजाने गिरोहमाथिको अनुसन्धानले व्यापकता पाएको थियो।

ज्ञवालीको स्थानमा प्रशासन विभागका एआइजी दीपक थापालाई ल्याइएको छ। कार्यविभागकी एआइजी मीरा चौधरीलाई यसअघि थापाले नेतृत्व गरिरहेको प्रशासन विभागमा लगिएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ। उनको स्थानमा मानवस्रोत विभागका एआइजी सन्दीप भण्डारीलाई जिम्मेवारी दिइएको छ।