१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Saturday, 10 May, 2025
तस्बिर : indianexpress.com
२o८o भदौ १ शुक्रबार १९:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मणिपुरमा जारी हिंसामा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १९:१५:oo

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । 

मणिपुरको राजधानी सहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषलाई गोली हानी  हत्या गरिएको थियो ।

‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंकारीको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीनजनाको मृत्यु भएको छ,’ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निंशेम वासुमले बताएका छन् । मारिएका मानिसले स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।

हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसंख्यक मेइती समूह र आदिवासी कुकी अल्पसंख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा एक सय ५० भन्दा बढीको ज्यान गएको छ । भिडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौँ घर र पसल जलाइएको छ ।