१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस झापा
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन्। झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने बताए।

‘जनताका धेरै कुरा उठाउनु छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस्। सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ। अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै  युवामा हराएर गएको टिप्पणी गरे।