मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Tuesday, 01 September, 2026
रासस झापा
२o८o भदौ १ शुक्रबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १८:१२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन्। झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध गर्न नहुने बताए।

‘जनताका धेरै कुरा उठाउनु छ,’ उनले भने, ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस्। सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ। अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै  युवामा हराएर गएको टिप्पणी गरे।