मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ : मन्त्री भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १ शुक्रबार १६:०७:००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

शुक्रबार मन्त्रालयमा नागरिक समाज अभियानले वैदेशिक रोजगार ऐन परिमार्जनका लागि बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। नेपालको अर्थतन्त्र अझै केही वर्ष वैदेशिक रोजगारीमा निर्भर हुने मन्त्री भण्डारीको भनाइ छ।

सरकारले अहिले वैदेशिक रोजगार ऐन संशोधन गर्न गृहकार्य गरेर टुंगोमा पुर्‍याउन लागेको उनले जानकारी दिए। ‘हाम्रो अर्थतन्त्र वैदेशिक रोजगारमा नै भर पर्नुपर्ने अवस्था छ । हामी चर्को कुरा गर्छौँ, तर सत्य वैदेशिक रोजगारविना हामी अघि बढ्न सकिरहेका छैनौँ। जतिसुकै चर्को नारा लगाए पनि वैदेशिक रोजगारमा नै हामीले हाम्रो अर्थतन्त्र अघि बढाउनुपर्नेछ,’ उनले भने।

वैदेशिक रोजगार ऐन परिमार्जनका लागि नागरिक समाज अभियानको तर्फबाट मौजुदा वैदेशिक रोजगार ऐन, २०६४ मा परिमार्जनका लागि नागरिकस्तरमा संकलन गरिएको ६ हजार एक सय ५९ हस्ताक्षर र ज्ञापनपत्र मन्त्री भण्डारीलाई बुझाइएको हो।