Skip This
पहिरोले पाँच दिनदेखि भेरी करिडोरको डोल्पाखण्ड अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o भदौ १ शुक्रबार ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले पाँच दिनदेखि भेरी करिडोरको डोल्पाखण्ड अवरुद्ध

चारपाँग्रे सवारीसाधन ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार ११:४६:oo

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोरको डोल्पाखण्ड पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध भएको छ। त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने अनारदुलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

नियमित चलिरहेको सडक अवरुद्ध भएपछि जिप, ट्रकलगायतका चारपांग्रे सवारीसाधन आवागमन ठप्प भएको छ भने मोटरसाइकल जोखिम मोलेर वारपार गर्ने गरेका छन्। करिब एक सातादेखि डोल्पा जोड्ने मुख्य सडक अवरुद्ध भए पनि सडक खुलाउन त्रिपुरासुन्दरी नगरपालिकाले चासो देखाएको छैन।

सडक अवरुद्ध भएपछि मालवाहक गाडीबाट नियमित ढुवानी भइरहेका खाद्यसामग्रीको आपूर्ति रोकिएको र आएको सामान पनि महँगो भएको स्थानीय व्यापारीले बताएका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले पहिरो पन्छाउने काम आफ्नो नभएको र भेरी करिडोरको पर्ने बताएकाले अब सडक खुलाउनतर्फ लागिरहेको भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले बताए।

वर्षामा यस्तै समस्या आउँछ भनेर पहिला नै पहिरो पन्छाउने टेन्डर खुलाएर पनि डोल्पाकै स्थानीय शे–फोक्सुन्डाे कन्स्ट्रक्सनले जिम्मा पाइसकेकाले नगरपालिकाको प्राविधिक सहयोगमा एक–दुई दिनभित्रै सडक खुलाउने गरी समन्वय भइरहेको उनको भनाइ छ।

सडक अवरुद्ध भए पनि डोल्पाबाट जिल्लाबाहिर जाने र जिल्लाबाहिरबाट डोल्पा आउने यात्रु गाडी परिवर्तन गरेर आवतजावत गर्न बाध्य छन्।