Skip This
कोभिडपछि योगाभ्यासमा पर्यटकको आकर्षण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १ शुक्रबार ११:२४:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिडपछि योगाभ्यासमा पर्यटकको आकर्षण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार ११:२४:oo

शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका लागि योगाभ्यास महत्वपूर्ण छ । यससँगै योगले पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । विशेषगरी, पदयात्राका लागि आउने पर्यटकहरू केही समय योग गर्छन् र त्यसपछि मात्रै यात्रामा निस्कन्छन् ।

ठमेलस्थित नेपाल ट्रेकिङ प्लानरका सञ्चालक दीपक लामिछानेका अनुसार योग ट्रेकिङप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । ‘पदयात्रासँगै योग गर्नेको संख्या बढ्दो छ । मार्दी ट्रेक धेरैका लागि उत्तम विकल्प बनेको छ । पदयात्राका लागि र योग गर्न अधिकांश विदेशी पर्यटकले मार्दीलाई रोज्छन्,’ उनी भन्छन्, ‘अन्नपूर्ण हुँदै घोरेपानी योगा प्याकेज राखेका छौँ । काठमाडौंआसपासका ठाउँमा योगासँगै हाइकिङ कार्यक्रम पनि सञ्चालन गर्छाैं । अर्काे साइलेन्ट योगा रिट्रेन्ट भनेर पनि राखेका छौँ । काठमाडौंसँगै पोखरा, बन्दीपुर र चितवनमा योगा टुर राखेका छौँ ।’

पछिल्लो समय विदेशी पर्यटक योग गर्न लागि नेपाल आइरहेको उनले बताए । उनका अनुसार कोभिड–१९ पछि योगप्रति आकर्षित भएको देखिन्छ । ‘योग र ध्यान गर्न आए पनि उनीहरू ट्रेकिङ पनि गर्छन् । मानसिक स्वास्थ्यका लागि धेरैले योग गर्न थालेका छन् । एक ठाउँबाट अर्काे ठाउँ जाँदै बिहान–बेलुका योग र ध्यानमा व्यस्त हुन्छन्,’ लामिछानेले भने ।  तर, तुलनात्मक रूपमा अझै पनि विदेशी पर्यटक नभित्रिएको उनको भनाइ छ । 

चरक योग स्टुडियोका सञ्चालक तथा योग प्रशिक्षक कञ्चनसिंह ठगुन्ना नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने बताउँछन् । नेपालमा विदेशी योग सिक्नकै लागि नेपाल आउँछन् । काठमाडौंका विभिन्न योग केन्द्रले विदेशीलाई मात्र योग सिकाउँछन्,’ उनले भने ।

चरक योग केन्द्रले दशकअघिदेखि विदेशी पर्यटकलाई योग र ध्यान गराउँदै आइरहेको छ । योग तथा ध्यान  गर्दै टे«किङ गर्ने संस्कृति बढ्दै गएको ठगुन्ना बताउँछन् । 

योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ । यसले फुर्तिलो बनाउँछ, जसले गर्दा मानव शरीरलाई योगाभ्यास अति आवश्यक छ,’ उनी भन्छन्, ‘मेरो अनुभवमा कोभिड–१९ पछि विदेशीहरू झन् निराश पाएँ । योगको महत्व अझै बढेर गएको छ । उहाँहरू योगा गर्नकै लागि नेपाल आइरहनुभएको छ ।’ 

नेपालमा किन छ आकर्षण ?
हिमाल र पहाडमा घुम्नुको अनुभव अद्भूत हुन्छ । यसले प्रकृतिसँग रमाउने अवसर दिन्छ । यात्राअघि वा यात्राका दौरान उच्च पहाडमा पुगेर योग गर्नुको मज्जा नै बेग्लै छ । ‘योगको उद्गमस्थल नै पूर्वीय मुलुक हुन् । त्यसमध्ये नेपाल एक हो । नेपालका पहाड र हिमाल प्रचीन समयमा पनि ऋषिहरूले साधना गरेको इतिहास छ । अहिले पनि कतिपय ज्ञात–अज्ञात साधु–सन्तहरूले साधना गरिरहनुभएको सुन्न आउँछ,’ सम्बोधी योग केन्द्रका योग प्रशिक्षक विजय सापकोटा भन्छन्, ‘भौगोलिक रूपमा पनि नेपालमा निकै सुखद वातावरण छ । यहाँका पहाडमा शान्ति पाइन्छ । त्यस्तै, काठमाडौंलगायतका सहरी क्षेत्र पनि मन्दिर र स्तूपाले सुसज्जित छन् । यसले योग गर्नका लागि अलग्गै भाइब्रेसन बनाउँछ ।’

उनी थप्छन्, ‘योग ध्यान गर्ने र आफूलाई शान्त राख्ने मानिसलाई यहाँ सम्मानजनक तरिकाले व्यवहार गर्ने दृष्टिकोण र संस्कार हाम्रोमा छ । यी कारणले नै योग गर्न नेपालमा विदेशीहरू आकर्षित छन् ।’ 

योग प्रशिक्षक कञ्चनसिंह ठगुन्ना भन्छन्– योग पर्यटनको प्रवर्द्धन जरुरी छ
कोभिडका कारण धेरै विदेशी मानसिक तनावमा परे । कतिपय डिप्रेसनमै गए । नेपालभन्दा पनि विदेशमा यसको असर धेरै देखिएको थियो । तनाव र डिप्रेसनबाट उनीहरूले मुक्ति खोजिरहेका छन् । त्यही कारण अहिले योग गर्ने विदेशीको संख्या विगतको दाँजोमा बढेको छ ।

विश्वले योगका लागि भारतलाई चिनिरहेको अवस्था छ । तर, योगका लागि नेपाल नै उत्तम भूमि हो । प्रकृतिको सान्निध्यमा रहेर यहाँका पहाड तथा हिमालमा योग गर्नुको मज्जा नै बेग्लै छ । पर्यटन क्षेत्रमा लागेकाले योगको प्रवर्द्धनमा ध्यान दिन जरुरी छ ।