
सशस्त्र प्रहरी बलको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि १२ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरू सबै सि.संं. २ का सशस्त्र प्रहरी उपरीक्षक हुन् ।
उनीहरू १५ चैत ०७५ मा सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृत हुन् ।
बढुवा सिफारिस हुनेहरूमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।
सि.सं.२ को दोस्रो टोली ५ जेठ ०७७ मा एसपी बढुवा भएकोमा आज सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन् ।
सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् भने बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो ।