Skip This
छानबिन समितिको माग छाड्दैनौँ : पोखरेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण ३२ बिहीबार o८:५२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

छानबिन समितिको माग छाड्दैनौँ : पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार o८:५२:oo

एमाले महासचिव शंकर पोखरेलले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठनको मागलाई एमालेले नछोड्ने बताएका छन् । धनगढीमा बुधबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सत्तापक्षकै नेता जोडिएकाले सरकार छानबिन समिति गठनबाट भागेको दाबी गरे । सुन तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन एमालेले छानबिन समिति गठनको माग गरेको उनले बताए । 

उनले भने, ‘नबिराएको भए यति सामान्य मागलाई पूरा गर्नका लागि किन आनाकानी ?’ सुन तस्करीमा राज्यका निकायको दुरुपयोग भएको उनको दाबी छ । विगतमा सुन फेला नपरेको भनेर अहिले छानबिन समिति गठन नगर्नु उपयुक्त नभएको पोखरेलले बताए । ‘एमालेले यो एजेन्डा छोड्नेवाला छैन,’ उनले भने । सुन तस्करीमा राज्यका संयन्त्रको दुरुपयोग र सत्तापक्षकै नेताहरूको संलग्नता रहेको उनले आरोप लगाए । सरकार सत्तापक्षका नेतालाई जोगाउन लागिपरेको आरोप पनि उनले लगाए ।

फरक प्रसंगमा उनले एमालेले सरकारको नेतृत्व छोडेदेखि मुलुक आर्थिक संकटतिर धकेलिएको दाबी गरे । ‘जतिवेला अदालतको परमादेशबाट हामीलाई हट्न बाध्य बनाइएको थियो, त्यतिवेला मुलुकको आर्थिक अवस्था बचतमा थियो । शोधानान्तर स्थिति बचतमा थियो, मूल्यवृद्धि नियन्त्रणमा राख्न सफल भएका थियौँ,’ उनले भने, ‘हामीले सरकार छोडेपछि पौने तीन खर्ब घाटामा गयो शोधानान्तर स्थिति । मुद्रा स्फीति बढ्यो ।’