१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

भारतीय गायक अरिजित सिंह ९ मंसिरमा नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:o९:oo

चर्चित भारतीय गायक अरिजित सिंहले ९ मंसिरमा नेपालमा कन्सर्ट दिने भएका छन्। गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो। 

सिंहका ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘तु हे तो मुझे’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘खैरियत’, ‘अपना बनाले’लगायत थुप्रै गीत चर्चित छन्। एमएन प्रोडक्सनका निर्देशक नीलविक्रम शाहीले आफूहरूका लागि यो कार्यक्रम अपेक्षित र ऐतिहासिक रहेको बताए। ‘संगीतलाई मन पराउने दर्शकलाई विश्वकै तेस्रो स्ट्रिमिङमा पर्ने गायकलाई ल्याउँदै छौँ भन्ने जानकारी गराउन चाहन्छु,’ उनले भने।

अरिजितले कार्यक्रममा ३-४ घण्टा प्रस्तुति दिनेछन्। गराजका रसिक भट्टराईले मुम्बई पुगेरै अरिजितको टिमलाई भेटेपछि उनलाई नेपाल ल्याउन सम्भव भएको बताए। आफूहरूले १५ हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको पनि उनले बताए। लाइभको साधारण टिकट चार हजार रुपैयाँबाट सुरु हुने जनाइएको छ। ३० साउनबाट टिकट बिक्री खुला हुनेछ। खल्ती डिजिटल वालेटबाट मात्रै टिकट खरिद गर्न सकिने उनले जानकारी दिए।

ad
ad