१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करीमा महराको भूमिकाबारे गृहमन्त्रीले भने- अनुसन्धान हुँदै छ, अहिले केही भन्न सकिन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

सत्तागठबन्धनको बैठकमा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता रहे–नरहेबारे छलफल चलेको छ। 

सत्तागठबन्धनका नेताहरूले सञ्चारमाध्यमहरूमा यो विषय लगातार आइरहेकाले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बैठकमा जिज्ञासा राखेका थिए। 

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार यसभन्दा अघिको सुन प्रकरणमा पूर्वसभामुखको संलग्नता कति हो? भन्नेबारे नेताहरूले जिज्ञासा राखेका थिए। बैठकमा मोबाइल फोन सम्पर्क मात्रले संलग्नता जनाउँछ भन्ने कुरा कति प्रमाणित हुन्छ भन्नेबारे पनि गृहमन्त्रीसँग नेताहरूले जिज्ञासा राखेका थिए। 

जवाफमा गृहमन्त्री श्रेष्ठले अहिले छानबिन चलिरहेकाले अहिले नै भन्न नसकिने बताए।

‘योभन्दा अगाडिको सुन प्रकरणमा पूर्वसभामुखको नाम जोडिएको छ। उहाँको संलग्नता कति हो? फोन सम्पर्क मात्रले संलग्नता जनाउँछ भन्ने कुरा कति प्रमाणित हुन्छ भनेर गृहमन्त्रीसँग कुरा राख्यौँ,’ बैठकबाट बाहिरिने क्रममा उपाध्यक्ष पाण्डेले भने, ‘उहाँले छानबिन चलिरहेको छ। यो प्रक्रिया एक हदसम्म पुगेपछि मात्र बताउन सकिन्छ भन्नुभयो।’