१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइत तस्बिर ।
अनिल यादव काठमाडौं
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतको ‘एप्रुभल रेटिङ’मा २१ जनप्रतिनिधि पास, एक फेल

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

जनमत पार्टीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि गराएको ‘एप्रुभल रेटिङ’को नतिजा सार्वजनिक भएको छ। 

जनमतले पार्टी विधानमा रहेको ‘राइट टू रिकल’को व्यवस्था कार्यान्वयन गर्न २७ साउनमा विभिन्न सात जिल्लामा रहेका आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिको ‘एप्रुभल रेटिङ’ मतदान गराएको थियो। 

स्थानीय तहका जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरे/नगरेको मूल्यांकन गर्न मतदान गराएकोमा २२ जनप्रतिनिधि अनुमोदित भएका छन्। एक जनप्रतिनिधिको विपक्षमा बढी मत परेको छ। 

जनमतका राष्ट्रिय सचिव बिपी साहले मतदानबाट पालिका तथा वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ नतिजाअनुसार २१ जनप्रतिनिधिको पक्षमा बढी मत आएको जानकारी दिए। सिराहा कल्याणपुर नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष विनोदकुमार यादवको भने विपक्षमा मत आएको उनले बताए। 

अर्थात्, जनमत पार्टीका कार्यकर्ताले २१ जनप्रतिनिधिको कामलाई अनुमोदन गरेका छन् भने एक जनप्रतिनिधिलाई फेल गरेका छन्। 

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रुपन्देही, कपिलवस्तु र बर्दियाका २२ स्थानमा निर्वाचित जनप्रतिधिको मूल्यांकन गर्न सम्बन्धित पालिकाका पार्टी सदस्यले मतदान गरेको सचिव साहले जानकारी दिए।

यादवलाई खसेको कुल २४२ मतमध्ये १०३ मत पक्षमा र १३५ मत विपक्षमा आएको उनले बताए। तर, धेरै खराब रेटिङ नभएकाले यादवलाई पहिलोपटक नसियत दिने र विशेष स्पष्टीकरण सोध्ने सचिव साहको भनाइ छ।

‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले नयाँ पत्रिकासँग भने।

जनमतले अब प्रदेश सांसदको ‘एप्रुभल रेटिङ’ गर्दै छ। जनमतबाट निर्वाचित सबै प्रदेशका सांसदहरूले आफ्नो क्षेत्रमा राम्रो काम गरे/नगरेको, जनतामाझ भिज्न सके/नसकेको मूल्यांकन गर्न २ भदौमा ‘एप्रुभल रेटिङ’ गरिने जनमत पार्टीले जनाएको छ। 

यस्ताे छ, मतपरिणाम