Skip This
सुन तस्करी रोक्न कर लगाएर आयात सहज बनाउनुपर्छ : सभापति देउवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन तस्करी रोक्न कर लगाएर आयात सहज बनाउनुपर्छ : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १४:५१:oo

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुनको आयातलाई सहज बनाउनुपर्ने बताएका छन्। संसदीय दलको बैठकमा बोल्दै देउवाले करको दायरामा ल्याई सुन आयातलाई सहज बनाउनुपर्ने बताएका हुन्।

बैठकमा सभापतिले राखेका विषयबारे ब्रिफिङ गर्दै नेता  रामहरि खतिवडाले भने, ‘शेरबहादुर दाइले कर तिरेर सुन (आयात) खुला गर्नुपर्छ भन्नुभयो। अन्तर्राष्ट्रिय रूपमा कहीँ तस्करी भन्ने उल्लेख गरेको छैन, रोकेको पनि छैन।’

मागअनुसारको आयात नहुँदा सुन तस्करी भएको भन्दै देउवाले करको दायरामा ल्याई सुन आयातलाई सहज बनाउनुपर्ने धारणा राखेका हुन्।