१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वीर अस्पतालमा कलेजो प्रत्यारोपण गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५४:oo

वीर अस्पतालमा पनि कलेजो ट्रान्सप्लान्ट सेवा सुरु गरिने भएको छ । विश्व अंगदान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्याम्स (नेसनल एकेडेमी फर मेडिकल साइन्सेस)का उपकुलपतिसहितको टोलीलाई कलेजो ट्रान्सप्लाट सेवा सुरु गर्न निर्देशन दिएका छन् ।

विश्वभरि नै सबैभन्दा जटिल अंग प्रत्यारोपणमध्ये पर्ने कलेजो प्रत्यारोपण नेपालमा पहिलोपटक ३२ मंसिर ०७३ मा गरिएको थियो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हालसम्म ११ जनाको कलेजो प्रत्यारोपण भएको छ । १८ जेठ ०७६ देखि शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु भएको थियो । हालसम्म शिक्षण अस्पतालले १० जनाको कलेजो प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए ।

कलेजो प्रत्यारोपणलाई सहज र सबैको पहुँचमा पुर्‍याउन स्वास्थ्यमन्त्री बस्नेतले कलेजो प्रत्यारोपण अन्य सरकारी अस्पतालमा पनि विस्तार गर्ने तयारी भएको बताए । उनले सरकारले प्रदेशस्तरका अस्पतालमा पनि अंग प्रत्यारोपण सुविधा लैजाने र केन्द्रको भिडभाडलाई कम गर्ने जानकारी दिए । ‘अहिले नेपालबाट कलेजो तथा अंग प्रत्यारोपण गर्न विदेश जानेको संख्या पनि ठूलो छ, कलेजो प्रत्यारोपण झन् कठिन भएको छ, यसलाई सरकारले सहज बनाउँछ,’ उनले भने । 

ad
ad