१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव सप्तरी
Invalid date format o६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तकोसी नदीमा  पानीको बहाव यस वर्षकै उच्च

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format o६:४३:oo

सप्तकोसी नदीमा  पानीको बहाव यस वर्षकै उच्च पुगेको छ। अविरल वर्षासँगै सप्तकोसी नदीले खतराको तह पार गरेको छ। शनिबार रातिदेखि परेको पानीले सोमबार  बिहान  पानीको तह ४ लाख ५२ हजार सात सय १० पुगेको छ। अरू दिन सामान्य गतिमा रहेकोमा कोसीमा आइतबार रातिदेखि  निरन्तर बहाव बढेको  कोसी ब्यारेजका प्रशासकले भने।

पानीको बहाव बढिरहेकाले अहिले कोसी ब्यारेजका ५६ मध्ये अहिले ५६  वटा ढोका खुला राखिएको छ। कोसी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार कट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार दुई सय क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो। 

कोसी ब्यारेजले सुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घटदै गएको पाइन्छ। पछिल्लो समय कोसी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।

०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यति वेला कोसीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानव बस्तीमा पसेको  थियो। उक्तः बाढीले सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए।