१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १९ शनिबार
  • Saturday, 01 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १९ शनिबार १८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सोमबार सुदूरपश्चिम र कर्णालीमा भीषण वर्षाको सम्भावना, अन्य प्रदेशमा के छ अवस्था?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १९ शनिबार १८:२१:oo

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशकेन्द्रित वर्षाको आकलन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

शनिबारदेखिको झरी निरन्तर रहे पनि सोमबार कर्णाली र सुदूरपश्चिमका (३०–५० प्रतिशत भूभाग)मा भीषण वर्षाको सम्भावना छ। सोमबार सुदूरपश्चिमका एक–दुई स्थानमा आरीघोप्टे वर्षाको पनि चेतावनी दिइएको छ।

मौसमविद् सजिना शाक्यका अनुसार सोमबार लुम्बिनी र गण्डकीको थोरै (३० प्रतिशतभन्दा कम भूभाग) र मधेस, कोसी र बागमती एक–दुई क्षेत्रमा भीषण (भारी) वर्षाको सम्भावना छ। तर, बागमती र कोसी प्रदेशका पूर्वी भूभागमा भने कम वर्षा हुने देखिन्छ।

आज (आइतबार)भन्दा सोमबार तुलनात्मक रूपमा कम वर्षा आकलन गरिएको छ। तर, सातवटै प्रदेशका कुनै न कुनै ठाउँमा वर्षाको आकलन महाशाखाले गरेको छ।

पछिल्लो २४ घन्टामा कैलालीको पूर्वी भेग, बर्दिया, बाँके, सुर्खेत, दाङलगायत क्षेत्रमा भीषण वर्षा भएको छ। २४ घन्टामा बर्दियामा २११ मिलिमिटर पानी परेको छ। 
त्यस्तै, लमजुङ, दोलखा, गोरखा, मकवानपुर, बारामा ठूलो पानी परेको छ। काठमाडौंलगायत क्षेत्रमा बिहानदेखि लगातार झरी परिरहेको छ। काठमाडौंमा सबैभन्दा धेरै पानी धाप (ड्याम) क्षेत्रमा ६३.२ मिलिमिटर परेको छ।

मंगलबारबाट सुधारको संकेत
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा लगातार वर्षाको कारण मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (भारतको बिहार–उत्तर प्रदेश क्षेत्र)मा हुनुका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावा हो। तर, मंगलबारबाट भने मौसममा केही सुधार हुने संकेत देखिएको छ। यद्यपि, बर्खायाममा वर्षा नै नहुने भन्ने होइन।

मौसमविद् शाक्यका अनुसार अहिलेकै अवस्था (प्रणालीमा थप विकास नभए)  मंगलबार सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मंगलबार राति कोसी, मधेस, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने देखिए पनि अहिलेकोजस्तो झरीको सम्भावना कम छ। तर कोसी, मधेस, बागमती र गण्डकीका एक–दुई स्थानमा भने भीषण वर्षा हुन सक्ने देखिए पनि आरीघोप्टे वर्षाको पूर्वानुमान गरिएको छैन।

ad
ad
ad
ad
ad
ad