मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईमा उत्कृष्ट डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १२:२३:oo

डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ। डडेल्धुराका सातवटा स्थानीय तहबाट एसइईमा उत्कृष्ट भएका उनीहरूलाई छात्रवृत्ति दिने गरी लुम्बिनी एकेडेमिक फाउन्डेसनसँग सम्झौता भएको हो।

नेविसंघ केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टले उत्कृष्ट नतिजा ल्याएका गरिब तथा जेहेनदार २८ विद्यार्थीलाई छात्रवृत्तिका लागि पहल गरेका थिए।

सम्झौताअनुसार प्रत्येक सात स्थानीय तहबाट एक–एक गरी सातजनाले पूर्ण तथा प्रत्येक स्थानीय तहवाट तीन–तीनजना गरी २१ जनाले आंशिक छात्रवृत्ति पाउनेछन्। आंशिकमा कुल शुल्कमा ७५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ।