१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनील शर्मा पक्राउबारे लिङ्देन– पहिले अनुसन्धान सकिएको विषय अहिले नै कार्यान्वयन किन गरियो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन्।

शनिबार ३४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष लिङ्देनले पक्राउ परेका अन्य चिकित्सकहरूलाई थुनामै राख्ने, तर कांग्रेस सांसद डा. सुनील शर्मालाई अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको उल्लेख गरे। सत्तापक्षका सांसद शर्माले सत्तापक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा उनलाई पक्राउ गरिएको लिङ्देनले आरोप लगाए।

‘डा. सुनील शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो? यति नै वेला, सुनील शर्माले सत्तापक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरू र सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षमै मन्त्रीहरूमाथि औँला उठाउनुभयो । र, फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरूलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो? त्यसबारेमा अब यो छलफलको विषय हुँदै छ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन।’

अध्यक्ष लिङ्देनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने प्रस्ट पारे।