१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २६ शुक्रबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक्सपर्टको रक्तदानमा ६३ युनिट रगत संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २६ शुक्रबार ११:३५:oo

वार्षिकत्सवको अवसर पारी एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । एक्सपर्टले २०औँ वार्षिकत्सवको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका सभापतिसमेत रहेका एक्सपर्टका एकेडेमिक हेड सली देवानले आगामी दिनमा समाजसँग जोडिएर आफूहरू अघि बढ्ने बताउँदै वार्षिकोत्सवका उत्सवमा पुम्दिकोटमा सरसफाइ, वृक्षरोपण, मानव सेवा आश्रममा आश्रितहरूलाई खाना खुवाउनेलगायतका कार्यक्रम गरेर मनाएको जानकारी गराए ।  एक्सपर्ट पोखराका मार्केटिङ अफिसर विष्णुप्रसाद गौतमले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको र वर्षभरि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।