मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
सुवास भट्ट काठमाडाैं
२०८० श्रावण २६ शुक्रबार ०८:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सय किलो सुन तस्करी प्रकरण : बेइजिङ उड्न लागेका दुई चिनियाँ एयरपोर्टबाट पक्राउ, सिआइबीलाई बुझाइयो 

Read Time : < 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०८० श्रावण २६ शुक्रबार ०८:५१:००

सय किलो सुन तस्करीमा संलग्न रहेको भनिएका दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । बेइजिङ उड्न लागेका उनीहरूलाई आज बिहान पौने ६ बजे विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सिआइबीलाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लिी जियालिन र ली फुयान छन् । 

हिमालयन एयरलाइन्सको एच ९६६५ नम्बरको उडानबाट उनीहरू चीन प्रस्थान गर्न लागेका थिए । उनीहरूले सवा ७ बजेको टिकट बुक गरेका थिए । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन पुगेको छ । यसअघि ४ गते एकजना चिनियाँ पक्राउ परेका थिए ।

आज पक्राउ परेका दुई चिनियाँ यसअघि नै अध्यागमनको कालोसूचीमा थिए । कालोसूचीमा रहेका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सुन तस्करीमा आशंका गरिएका अझै सातजना चिनियाँ अध्यागमनको कालोसूचीमा छन् ।