१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o९:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:४५:oo

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् ।

१० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र सिटौला) समूहले सक्रियता बढाएका छन् । केन्द्रीय समिति बैठकपछि भ्रातृ संस्थाका असन्तुष्टि र कार्यक्रममार्फत यी समूह सक्रिय बनेका हुन् ।

कांग्रेसको संगठन सुदृढीकरण अभियान चलिरहेकै वेला महिला संघमा शेखर–गगन समूहले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठायो । लगत्तै नेविसंघको सात सय १० सदस्यीय कार्यसमिति घोषणा हुँदा दुवै समूहले असन्तुष्टि देखाएका छन् । संस्थापन समूह रक्षात्मक अवस्थामा छ । केन्द्रीय नेताहरूले औपचारिक रूपमा भ्रातृ संस्थाको विषयमा मुख खोलेका छैनन् । तर, आ–आफ्ना समूहमार्फत गतिविधि बढाएका छन् । संस्थापनइतर समूहका नेता गुरुराज घिमिरे केन्द्रीय समिति बैठकपछिको संकेतले इतर समूहमा उत्साह छाएको बताउँछन् । नेताहरूबीच निरन्तर संवाद भइरहेको र आगामी रणनीति बनाउने चरणमा रहेको उनको दाबी छ । 

बिहीबार डा. शेखर कोइराला र उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारबीच पछिल्लो अवस्था र रणनीतिबारे छलफल तय भएको थियो । तर, कानुनमन्त्रीसमेत रहेका गुरुङ मुटुमा समस्या देखिएर महाराजगन्जस्थित मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएपछि बैठक हुन सकेन । सो बैठक हुन नसके पनि बिहीबारै कांग्रेस सांसद राजेन्द्र बजगाईंको निमन्त्रणामा दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित कार्यक्रममा नेता कोइराला र महामन्त्री थापाबीच छलफल भएको नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकअघि कोइरालाले सभापति शेरबहादुर देउवासँग निकट रहेको आरोप खेपेका थिए ।

गत २ देखि १० साउनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गरेको संस्थापन पक्षका नेताहरूको भनाइ थियो । तर, दुवै इतर समूह त्यसयता सक्रिय छन् । अझ महाधिवेशनयता केन्द्रीय कार्यसमिति बैठकसम्म मौन रहेको कृष्णप्रसाद सिटौला नेतृत्वको समूह पनि अहिले सक्रिय बनेको छ । २१ साउनमा महिला संघको विवादमा संस्थापन र इतर आमुने–सामुने देखिए । इतरनिकटका २० केन्द्रीय सदस्यले अध्यक्ष उषा राउत मिश्रले एकलौटी गरेको र विधान मिचेको भन्दै बर्खास्त गर्न माग गर्दै पत्रकार सम्मेलन नै गरे । २२ साउनमा नेविसंघको समिति घोषणा भएलगत्तै इतरनिकटका असन्तुष्ट विद्यार्थी नेता समानान्तर कमिटी घोषणाको तयारीमा जुटे ।

यसैबीच, कांग्रेसले शुक्रबार संसद् गतिरोध अन्त्यलगायत विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक दिँउसो १ बजे नयाँ संसद् भवन स्थित ल्होत्से हलमा बस्नेछ ।

महाधिवेशनपछि सिटौला समूहको सक्रियता 
संस्थापनसँग मिलेर महाधिवेशनमा गएको कृष्ण सिटौला समूहले पनि सक्रियता देखाउन थालेको छ । महाधिवेशनपछि अस्तित्वमा नदेखिएको सिटौला समूहले संविधान कार्यान्वयनको बहसको थालनी भन्दै २१ साउनमा आफूनिकट नेताहरू मात्र सहभागी गराएर कार्यक्रम गर्‍यो । राष्ट्रिय सभा गृहमा सिटौलाको प्रमुख आतिथ्यतामा भएको ‘संविधानको कार्यान्वयनः विश्लेषणात्मक बहस’ कार्यक्रममा सिटौलाले सम्बोधन भने गरेनन् । उनलाई संविधान मस्यौदा समितिका संयोजकको रूपमा कार्यक्रममा प्रस्तुत गरिएको थियो । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा कांग्रेस संसदीय दलका मुख्यसचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य जित शेरचन, कोशी प्रदेश सभा सदस्य भूपेन्द्र राईले सम्बोधन गरेका थिए । 

ad
ad