१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o८o श्रावण २५ बिहीबार १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विष खुवाएर छोरीको हत्या प्रयास गर्ने बाबु पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार १५:१५:oo

सुनसरीमा बाबुले आफ्नै छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन्। 

इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका- २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवााएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन्। 

प्रहरीले छोरीलाई विष खुवाउने बाबु अर्जुनलाई पक्राउ गरेको छ। बाबुले जबर्जस्ती विष खुवाएर  गम्भीर घाइते भएकी छोरीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ। 

इप्रका दुहबीका इन्स्पेक्टर बुद्धिकुमार चौलागाईंका अनुसार मादक पदार्थ सेवन गरी आएका बाबु अर्जुनले मंगलबार साँझ जबर्जस्ती कीटनाशक  विषादी खुवाएपछि छोरी राधिका बेहोस भएकी थिइन्। उनलाई छिमेकीहरूले मंगलबार राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए।

छिमेकीहरूका अनुसार सधैँ रक्सी सेवन गर्ने अर्जुनले मातेको सुरमा घरमा झगडा गर्दै श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गर्थे। कुटपिटबाट जोगिन ठूली छोरी राधिका साथीको घरमा गएर बस्ने गरेकी थिइन्।