१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोला खोल्ने विषयमा महानगर र बुढानीलकण्ठबीच विवाद [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

काठमाडौं महानगरपालिका– ७ साततले र बुढानीलकण्ठ नगरपालिका– १० बीचमा खोला खोल्ने विषयमा वादविवाद भएको छ। 

वादविवाद बढ्दै जाँदा झडपको स्थिति सिर्जना भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं महानगर खाेला खाेल्न डाेजर र नगर प्रहरी लिएर गएपछि विवाद सुरु भएकाे थियाे। अहिले दुई पक्षबीच वार्ता चलिरहेको छ।

महानगरका मेयर बालेन्द्र साहले वडाध्य्क्ष विमलकुमार होडालाई खोलाको कल्भर्ट खोल्न बुधबार निर्देशन दिएका थिए। सोहीअनुसार नगर प्रहरी र डोजरसहित वडाको टोली कल्भर्ट खोल्न पुगेको वडाध्यक्ष होडाले बताए। 

कपनस्थित खहरेखोला व्यवस्थापन नगर्दा काठमाडौं महानगरपालिका वडा ६ र ७ तथा बुनपा १० क्षेत्र बर्सेनि बस्ती डुबानमा पर्दै आइरहेको छ। 

बुढानीलकण्ठ– १० का वडाध्यक्ष नवराज भट्टराईले यो ठाउँ महानगर र बुनपाको सिमाना भए पनि  एकतर्फी रूपमा महानगर डोजर लिएर आएपछि विवाद भएको बताए। उनले भने, ‘हाम्रो क्षेत्रमा हामीलाई थाहा नै नदिई महानगर डोजर लिएर आयो, हाम्रो विरोध छ, यसमा समन्वय चाहिन्छ।’  

 

तस्बिर : अमुल थापा/नवराज दाहाल /नयाँ पत्रिका