१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:o९:oo

नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई अनलाइन अडियो र भिडियो कलमार्फत यौनहिंसा गर्ने सिन्धुपाल्चोक इन्द्रावती नगरपालिकाका समीर तामाङ र सुरेश तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडित नाबालिकालाई फेसबुकबाट साथी बनाएर भिडियो कलमार्फत मानसिक तनाव दिने तथा अश्लील फोटोसँग पीडितको फोटो जोडेर सामाजिक सञ्जालमा प्रकाशन गर्ने गरेकाले पक्राउ गरिएको जानकारी दिए। उनीहरूलाई प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा हदैसम्मको कारबाहीको माग गर्दै दायर गरिएको उजुरीमा काठमाडौं जिल्ला अदालतबाट दुवैजनालाई पाँच–पाँच दिनको म्याद थप गराई अनुन्धान भइरहेको उनले बताए।

ad
ad