१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पा बस दुर्घटनाप्रति वर्षमान पुनद्वारा दुःख व्यक्त

घाइतेको उपचार र मृतकलाई राहत दिन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृहजिल्ला रोल्पामा चारजनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको उल्लेख गरेका छन्।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले मृतक परिवारमा समवेदना व्यक्त गरेका छन्। दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पुनले बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन्।

उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन्। रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन्।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका– ७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो। दुर्घटनामा माडी गाउँपालिका– ४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी– २ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका– ३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो। दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ।