मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Wednesday, 12 February, 2025
२o८o श्रावण २४ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विषालु च्याउ खाँदा मकवानपुरको राक्सिराङका ६ जना बिरामी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १२:१४:oo

मकवानपुरको राक्सिराङ गाउँपालिका– २  खैराङमा विषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा राक्सिराङ– २ औडारका स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीया सुनीमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेका हुन् ।

उनीहरूको राक्सिराङमा रहेको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि चितवनको भरतपुर पठाइएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।

च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या देखिएपछि उनीहरूलाई सरिखेत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

आइसियूसहितको थप उपचार आवश्यक पर्ने देखिएकाले सरिखेत स्वास्थ्य चौकीबाट भरतपुर पठाइएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश कार्कीले जानकारी दिए ।