१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिराहाको मिर्चैयामा स्टेसनरी व्यवसायीको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:५३:oo

सिराहाको मिर्चैया नगरपालिका– ५ कटारी चोकस्थित होटेलको पछाडि बुधबार बिहान स्टेसनरीका होलसेल व्यवसायीको शव भेटिएको छ । मिर्चैया कटारी सडकको कटारी चोकस्थित शम्भु होटेलपछाडि विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक करिब २५ वर्षीय सिद्धान्त भट्टराईको शव भेटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मिर्चैया प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार होटेलको पछाडि शौचालयनजिक मृत अवस्थामा भेटिएका मृतक भट्टराई विराटनगर महानगरपालिका– १० का बासिन्दा हुन् । 

‘विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया आइसकेका छन्,’ प्रहरी नायव उपरीक्षक बस्नेतले भने, ‘घटनास्थलमा रहेको प्रहरीले मुचुल्का उठाएर मृतकको परवारजनसँगको सल्लाहको आधारमा भनेको ठाउँमा शव पोस्टमार्टमका लागि पठाउँदै छौँ ।’ उनका अनुसार शव पोस्टमार्टमका लागि पठाएपछि होटेलमा जडान गरिएको सिसिक्यामेराको फुटेज, घटनास्थलको आधारमा तत्काल अनुसन्धान थालिनेछ । 

शम्भु होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथिपट्टिको भागमा लुगा नभएको अवस्थामा भट्टराई मृत भेटिएका हुन् । उनको घाँटीमा सिक्री र पाइन्टको गोजीमा मोबाइल देख्न सकिन्छ । भट्टराई मंगलबार बेलुका को.१ च ९१७२ नं. को पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँग सहदेव होटेलमा वास बस्न आएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुवैजना मिलेर सहदेव होटेलमा खाना खाएपछि राति पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको सिसिक्यामेरा फुटेजमा देखिएको छ । 

चालक राईले गएराति १ बजेतिर होटेल मालिकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको अवस्थामा शव भेटिएको जानकारी गराएपछि तत्काल आफन्त र प्रहरीलाई खबर गरेका थिए । 

 


 

ad
ad