१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी प्रवक्तामा अग्नि सापकोटा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३७:oo

माओवादी केन्द्रले उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ। १७ देखि २१ साउनसम्म चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सापकोटालाई पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको थियो। बैठकपछि सापकोटालाई पार्टीले प्रवक्ताको जिम्मेवारी पनि दिएको हो। 

प्रवक्ता तोकिएपछि सापकोटाले बुधबार १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने भएका छन्। प्रचार विभाग प्रमुख भएलगत्तै उनले मंगलबार दिउँसो माओवादीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरमा आबद्ध पत्रकारहरूसँग अन्तर्क्रिया गरेका थिए। 

उनले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समितिका निर्णय तथा सरकारले गरेका समसामयिक कामहरूबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्। उनले यसअघि प्रवक्ताको समेत जिम्मेवारी निभाइसकेका छन्। त्यतिवेला ‘प्रवक्तासँग पत्रकार’ कार्यक्रम सञ्चालन गरेका उनले राम्रो प्रतिक्रिया पाएका थिए।  

अहिले पनि नियमित रूपमा प्रवक्तासँग पत्रकार कार्यक्रम सञ्चालन गरिने सापकोटाले जानकारी दिएका छन्।

उनले आगामी १६ भदौदेखि पार्टी सुदृढीकरणका लागि वडा तहसम्म सञ्चालन गरिने अभियानमा प्रेस सेन्टरका पत्रकारहरूलाई क्रियाशील भई खट्न निर्देशनसमेत दिएका छन्। 

पार्टीको प्रचार मोर्चालाई बलियो बनाई आमजनतासम्म सरकारले गरेका राम्रो कामहरूको प्रचार गर्ने नीति लिइएको उनले बताएका छन्।