१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Friday, 09 May, 2025
तस्बिर : नयाँ पत्रिका अर्काइभ ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २२ सोमबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष नेताबीच भोलि सहमति जुट्ने सभामुखको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १९:३१:oo

सभामुख देवराज घिमिरेले सदन खुलाउने विषयमा भोलि दिउँसोसम्ममा शीर्ष नेताहरूबीच सहमति जुट्ने विश्वास व्यक्त गरेका छन्। 

संसद् भवन नयाँ बानेश्वरमा आज भएको शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग सभामुख घिमिरेले यस्तो विश्वास व्यक्त गरेका हुन्। 

सदनको अवरोध खुलाउन पहल गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो। मैले पनि नेताहरू उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद दिएँ। 

‘संसद् बैठक खुलाउन आज प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन,’ उनले भने, ‘भोलि बिहान साढे १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा मेरोसमेत उपस्थितिमा बैठक बोलाइएको छ। भोलि दिउँसो ३ बजे बस्ने बैठकअगावै दलहरूबीच सहमति हुन्छ भन्ने मैले विश्वास लिएको छु।’

सभामुखले सहमतिको विकल्प नभएको बताए। ‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरूले प्राकृतिक विपतलगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। यसैले सहमतिको विकल्प छैन।’ उनले भने। 

आफूले अधितकमहरूमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उनले बताए। ‘म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु। यहीअनुरूप मैले सूचना टाँसेर पटक-पटक बैठक स्थगित गरेको हुँ,’ उनले भने, ‘तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन। आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौँ।’