१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नागढुंगा–नौबिसे सुरुङको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ आज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:१६:oo

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुंगा सुरुङमार्गको सहायक (रेस्क्यु टनेल)को ‘ब्रेक थ्रु’ सोमबार हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा रेस्क्यु टनेलको ब्रेक थ्रु गरिने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए । उनका अनुसार आइतबारसम्म रेस्क्यु टनेल एक मिटर मात्र खन्न बाँकी छ । आयोजनाअन्तर्गत दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु र दुई हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण भइरहेका छन् । त्यसमा मुख्य टनेलको भने पाँच सय ६ मिटर खण्ड खन्न बाँकी छ ।  

जापनिज निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले यो आयोजनाको निर्माण गरिरहेको छ । २०१९ अक्टोबर २१ मा शिलान्यास भएको आयोजनाको साढे तीन वर्षमा सहायक सुरुङमार्गको ब्रेक थ्रु हुन लागेको हो । आगामी अप्रिल ०२४ भित्र कम्पनीले आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने म्याद छ । तर, त्यस अवधिमा आयोजनाको निर्माण कार्य नसकिने बताइएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को १६ अर्ब ६३ करोड सहुलियत ऋण र नेपाल सरकारको पाँच अर्ब ८५ करोड गरेर कुल २२ अर्ब ४८ करोड लगानीमा आयोजनाको निर्माण भइरहेको छ । नेपाल सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुनेछ । जाइकाले दिएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । 

यसअन्तर्गत वर्किङ अडिटको काम शतप्रतिशत सकिएको छ । एक सय २६ मिटर बाटो निर्माण भइसकेको छ । यस्तै, क्रस प्याकेजअन्तर्गत एक सय २८ मिटरमा एक सय १० मिटर बाटो निर्माण भइसकेको छ । त्यसमा अब १३ मिटर मात्रै बाँकी छ । हालसम्म आयोजनाको समग्र भौतिक प्रगति भने ५६.८९ प्रतिशत पुगेको छ । यसैगरी वित्तीय प्रगति भने  ५९.३९ प्रतिशत पुगेको छ । बाँकी काम १० महिनाको अवधिमा गर्न चुनौती हुने देखिन्छ ।  
 

ad
ad