१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागले प्रहरीलाई बुझायो अनुसन्धान फाइल, अब सिआइबीले अनुसन्धान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१६:oo

राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणको फाइल नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।

विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त विषय अन्दरदेशीय संगठित अपराध भएकाले अनुसन्धानको जिम्मेवारी प्रहरीलाई सुम्पेको जानकारी दिए। विभागले संकलन गरेका प्रमाण र पक्राउ परेका व्यक्तिहरूलाई समेत प्रहरीको जिम्मा लगाएको छ।

‘यो बृहत्तर विषय भएको र यसको अध्ययन अनुसन्धान र विश्लेषणसँगसँगै अनुसन्धान र अभियोजनको लागि पनि नेपाल प्रहरीको नेतृत्वमा अनुसन्धान गर्दा अझ बढी यथार्थपरक र टुंगोमा पुग्न सजिलो हुने महसुस गर्यौं,’ महानिर्देशक ढुंगानाले भने, ‘यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी हामीले संकलन गरेका तथ्य, हिरासतमा लिएका व्यक्तिहरू, बरामद भएका प्रमाण र सबुदहरूसमेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौँ।’