१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले मुलुकलाई संकटबाट पार लगाउँछ : गोकर्ण विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दाबी गरेका छन्।

एमाले गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले शनिबार पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन्।  आर्थिक–सामाजिक रूपान्तरणमार्फत मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरू जुटिरहेको विष्टको भनाइ थियो।

‘नेपाल राष्ट्रले आज जुन प्रकारका गम्भीर संकटहरू सामना गरिरहेको छ । यो संकटबाट राष्ट्रलाई माथि उठाउँदै आर्थिक–सामाजिक रूपान्तरणमार्फत नेपाली जनताको जीवनलाई माथि उठाउने र राष्ट्रलाई सबल बनाउने यो कामको अगुवाइ हाम्रो पार्टीले गरिरहेको छ,’ उनले भने।

सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा बिदेसिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए।