१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३७:oo

सन् १९४५ : अमेरिकाले जापानको हिरोसिमामा बम खसाल्यो । दोस्रो विश्वयुयुद्धमा अमेरिकाले जापानको औद्योगिक सहर हिरोसिमामा लिटिल ब्वाई उपनामको आणविक बम खसालेको थियो ।

विस्फोटमा एक लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको थियो । जापान एक्सिस पावरको पक्षमा सन् १९४१ डिसेम्बरमा दोस्रो विश्वयुद्धमा सामेल भएको थियो । हिरोसिमा र नागासाकी बम विस्फोटको तीन दिनपछि अगस्ट ९ मा जापानले आत्मसमर्पण गर्‍यो ।

सन् १९६२ : जमैका स्वतन्त्र घोषित । क्यारिबियन टापुलाई १६औँ शताब्दीको सुरुमा स्पेनको उपनिवेशमा थियो । सन् १६५५ मा ब्रिटिसहरूले स्पेनी जमैकालाई आक्रमण गरे र स्पेनीहरूले आत्मसमर्पण गरेपछि यसलाई एक उपनिवेश बनाए । जमैका चाँडै ब्रिटिस साम्राज्यको सबैभन्दा लाभदायक उपनिवेशमध्ये एक बनेको थियो । 

सन् १९६५ : अमेरिकामा मतदान अधिकारसम्बन्धी विधेयक कानुन बन्यो । राष्ट्रपति लिन्डोब बी जोनसनले उक्त ऐनमा हस्तारक्षर गरेका थिए, जसले मतदानमा हुने कुनै पनि विभेदमाथि प्रतिबन्ध लगाएको थियो । 

सन् २००८ : मौरिसानियामा कु । उत्तर अफ्रिकी देशमा भएको कुमा (सन् १९७८ देखि छैटौँपटक) राष्ट्रपति सिदी उलद चेख अब्दल्लाहीलाई अपदस्थ गरियो र उनको स्थानमा सैन्य अधिकारी जनरल मोहम्मद उलद अब्देल अजिजलाई नियुक्त गरियो । 

ad
ad