१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:o१:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्।

पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। इपिजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे।

‘१९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरूका विविध पक्षहरूको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकूल न्याय र समानतामा आधारित उचित सम्बन्ध, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने? कसरी त्यस रूपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस्। यस हिसाबले इपिजी गठन गरिएको थियो। त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो। कुरा गर्नु भनिएको थियो। प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनुभएन। हाम्रो भूगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ। त्यस सम्बन्धमा टुंगो लगाउनुपर्दथ्यो,’ उनले भने।

राष्ट्रिय हितलाई सर्वोपरि राखेर परराष्ट्र नीति तय गर्न एमाले सदैव तयार रहेको अध्यक्ष ओलीको भनाइ थियो। सरकारले मनपरी र बेठीक ढंगले परराष्ट्र सम्बन्ध अघि बढाएको भन्दै उनले त्यसमा आफ्नो पार्टीको साथ नरहने स्पष्ट पारे।

‘राष्ट्रिय हित त सर्वोपरि हुनुपर्‍यो नि कमसेकम। यसमा त कसैले पनि तलमाथि गर्न भएन। यसमा राष्ट्रिय सहमति बनाउनुपर्ने। अब सरकारले मनपरी र बेठीक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन। राष्ट्रिय हितमा अडिएर राष्ट्रिय सहमति हुनुपर्छ। राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस्,’ ओलीले भने।

ad
ad