१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पूर्वसांसद सुभाष कर्माचार्य एमालेमा फर्किएका छन्। पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका कर्माचार्य १८ महिनापछि एमालेमै फर्किएका हुन्।

लामो समय सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भएर एमाले हाँकेका कर्माचार्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर थिए। पार्टी विभाजनपछि उनी २०७८ पुस १२ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए। तीनै तहको निर्वाचनमा एमाले हराउन लागेका आरोप लागेका कर्माचार्य अन्ततः एमालेमै फर्किएका हुन्।

आफू पक्षीय नेता कार्यकर्ता धमाधम एमालेमा फर्कन थालेपछि बाध्य भएर उनी एमालेमा फर्किएकाे बताइएको छ। सदरमुकाम चौतारामा आयोजित कार्यकर्ता भेलामा कर्माचार्यको टिमलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन्। सिन्धुपाल्चोक जिल्ला इन्चार्ज बनेर आएका एमाले नेता तथा पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले  कर्माचार्य फर्काउन भूमिका खेलेका हुन्।

कर्माचार्यसँगै एकीकृत समाजवादीका जिल्ला सचिव दीपक नेपाललगायत बहुमत टिम एमालेमा समाहित भएका छन्। कर्माचार्यको टिम एमाले फर्केपछि केपी ओलीनिकट केन्द्रीय सदस्य सरेश नेपालको टिम भने असन्तुष्ट भएको छ।

यता, कर्माचार्यले पार्टी हितविपरीत काम गरेको भन्दै एकीकृत समाजवादीले शुक्रबार नै उनलाई कारबाही गरेको छ। कर्माचार्यलाई पार्टीबाट निष्कासित गरिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटाले जानकारी दिए।

ad
ad