१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

६ महिनापछि सुदूरपश्चिम सरकारले पायो पूर्णता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o६:oo

नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री तथा कांग्रेसबाट एक मन्त्रीले बुधबार लिए शपथ

गठन भएको करिब ६ महिनापछि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ति पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री तथा कांग्रेसबाट एक मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका हुन् । 

नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कांग्रेसका शिवराज भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीलाई बुधबार बेलुकी पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री शाहले बुधबारै नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ गराए । केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार सहमति भएपछि नागरिक उन्मुक्ति प्रदेश सरकारमा सहभागी भएको हो ।

यसअघि दुई मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको नागरिक उन्मुक्तिलाई उपसभामुख र दुईवटा विषयगत समितिको सभापति दिने सहमति सत्तागठबन्धनमा भएको छ । यद्यपि, उपसभामुख एमालेका छन् । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखेका थिए । करिब सात महिनापछि यो मन्त्रालयले मन्त्री पाएको हो ।

गत ६ असारमा बझाङमा भएको गाडी दुर्घटनामा तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको थियो । मन्त्रीको निधन भएपछि रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री शाहले कांग्रेसकै भट्टलाई नियुक्त गरेका हुन् । 

कांग्रेस संसदीय दलका नेता शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनबीच मन्त्रालय भागबन्डा नमिल्दा उनले सरकारलाई पूर्णता दिन सकेका थिएनन् । सात सदस्यीय मन्त्रिमण्डलमा माओवादी केन्द्रबाट दुईमन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन् । कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री छन् ।

नागरिक उन्मुक्तिमा असन्तुष्टि
सरकारमा मन्त्री सिफारिसलाई लिएर नागरिक उन्मुक्तिभित्र असन्तुष्टि देखिएको छ । उक्त पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले रामेश्वर र कैलाशलाई मन्त्री बनाउने निर्णय गरेको थियो । तर, मन्त्री सिफारिसलाई लिएर प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि सार्वजनिक गरेका छन् । ‘यार गद्दार निकला, एक राजनीतिक पाखण्डबाजको घनघोर भत्र्सना गरौँ,’ मन्त्रीका आकांक्षी रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी हेरफेर गरेको थियो ।

ad
ad