१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o६:३२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिल, अर्जेन्टिना र इटाली बाहिरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३२:oo

 जमैकाका महिला फुटबल खेलाडी सायद यति धेरै खुसी कहिल्यै भएका थिएनन् । अस्ट्रेलियाको मेलबर्नमा शक्तिशाली राष्ट्र ब्राजिललाई गोलरहित बराबरीमा रोक्दा जमैकन खेलाडीहरूको खुसीयाली हेर्न लायक थियो । ब्रािजललाई नहराउँदा पनि किन यति धेरै खुसी उनीहरूमा ? कहिलेकाहीँ बराबरी नतिजाले पनि खेलाडीलाई खुसी दिने रहेछ भन्ने प्रमाण जमैकाको बुधबारको प्रतिस्पर्धाले देखाएको छ । 

यही बराबरी नजिताले जमैकाले दोस्रोपटकमै फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गर्‍यो । कथाको एउटा राम्रो र नराम्रो पक्ष हुन्छ नै । जमैकाको हकमा खुसी आयो । ब्राजिलियन खेलाडीले निराश र दुःखी नतिजा बेहोरे । जमैकालाई सामान्य अन्तरले हराउँदा ब्राजिल नकआउट चरणमा पुग्ने थियो । तर, बराबरी नतिजापछि ब्राजिल सन् १९९५ पछि पहिलोपटक महिला फिफा विश्वकपको पहिलो चरणबाटै घर फर्किन बाध्य भएको छ । ब्राजिल २८ वर्षपछि नकआउट चरणमा पुग्न नसकेको हो । 

समूह ‘एफ’मा फ्रान्सले तीन खेलबाट सात अंक जोड्दै प्रिक्वार्टरफाइनल स्थान पक्का गर्‍यो । जमैका पाँच अंकका साथ उपविजेताका रूपमा अन्तिम १६ स्थानमा सुरक्षित भयो । त्यहीँ नै चार अंक बटुलेको ब्राजिल बाहिरियो । जमैका र ब्राजिलमध्ये एक टोली नकआउट चरणमा पुग्ने थियो । ब्राजिललाई जित र जमैकालाई बराबरी काफी थियो । जमैकाले आफ्नो योजनाअनुसार ब्राजिललाई रोक्दै इतिहास बनायो । पहिलो खेलमा पानामालाई हराएको ब्राजिल फ्रान्ससँग पराजित भएको थियो । फ्रान्ससँग बराबरी खेलेको जमैकाले पानामालाई हरायो । 

चार वर्षअघि १२ गोल बेहोरेको जमैका
फिफा वरीयताको ४३औँ स्थानमा रहेको जमैकाले महिला विश्वकपमा इतिहास रच्नुपछाडि सशक्त डिफेन्स रणनीति अपनाएको थियो । उनीहरू फ्रान्स र ब्राजिललाई बराबरीमा रोक्न सफल भए । यही दुई खेलले नै जमैकालाई समूह उपविजेता बनाएको हो । सन् २०१९ को डेब्यु विश्वकपमा जमैकाले तीन खेलमा १२ गोल बेहोरेको थियो ।

महिला फिफा विश्वकपमा २८ वर्षपछि ब्राजिल प्रिक्वार्टरफाइनलमा समेत पुग्न सकेन, फुटबलकै शक्तिशाली राष्ट्र इटाली र अर्जेन्टिना समूह चरणबाटै बाहिरिएका छन्

जमैकाका प्रशिक्षक लोर्ने डोनाल्डोसनले चार वर्षअघिको पीडा भुलाउने प्रयास भएको बताएका छन् । ‘धेरैले यो नतिजालाई स्वीकार गर्न सकेका छैनन्, हामी समूहकै कमजोर टोलीका रूपमा थियौँ,’ उनले भने, ‘हामी यतिवेला सबैका नजरमा आएका छौँ ।’ यसपटकको सहभागितामा युवा टोलीका साथ आएको उनको भनाइ छ । ‘अघिल्लोपटक जे–जस्तो भए पनि यसपालि सकारात्मक नतिजा निकाल्ने योजनाका साथ आएका थियौँ, यसै कारण सिनियरभन्दा पनि युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राख्यौँ,’ लोर्नेले भने, ‘नकआउट चरणमा पुग्ने सपना नै थिएन, तर जमैका नकआउट चरणमा पुगेको छ ।’ जमैकाले अब क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया वा जर्मनीको सामना गर्नेछ । 

डिआनीको ह्याट्रिक
फ्रान्सले समूह ‘एफ’मा पानामालाई ६–३ अन्तरले हराउँदै विजेता बनेको छ । फ्रान्सको जितमा काडी डिआनीले ह्याट्रिक गरेकी थिइन् । पानामाले अप्रत्याशित रूपमा अग्रता लिएको थियो । फ्रान्सले पहिलो हाफमै चार गोल फर्काएको थियो । डिआनीले खेलको २८औँ र ३७औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाइन् । खेलको ५२औँ मिनेटमा उनले ह्याट्रिक पूरा गरिन् । यसैगरी, समूह ‘जी’मा दक्षिण अफ्रिका र स्विडेन अन्तिम १६ मा प्रवेश गरेका छन् । स्विडेनले अर्जेन्टिनालाई २–० ले हरायो । दक्षिण अफ्रिकाले इटालीलाई ३–२ ले पराजित गर्‍यो । स्विडेनले तीन खेलमै जित निकाली सर्वाधिक ९ अंक बनायो । 

चार अंकका साथ दक्षिण अफ्रिका उपविजेता हुँदै नकआउट चरणमा पुग्यो । इटाली र अर्जेन्टिना समूह चरणबाट माथि बढ्न सकेनन् । स्विडेनले दक्षिण अफ्रिका र इटालीलाई पराजित गरेको थियो । इटालीसँग पराजित अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग बराबरी खेलेको हो । अर्काे खेलमा दक्षिण अफ्रिकाले वालिङ्टन क्षेत्रीय रंगशालामा पुनरागमन जित निकालेको हो । इटालीले अग्रता जोगाउन सकेन । दक्षिण अफ्रिकाले अन्तिम १६ मा नेदरल्यान्ड्सको सामना गर्नेछ ।