Skip This
काठमाडौं महानगरका ९ वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १७ बुधबार २o:१७:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं महानगरका ९ वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार २o:१७:oo

काठमाडौं महानगरपालिकाले २१ साउनदेखि ९ वटा वडामा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ। 

यसका लागि महानगरले आज टेकुमा रहेको स्वास्थ्य तालिम केन्द्रका सरोकारवाला अधिकारीसँग बैठक सम्पन्न गरेको छ। 

बैठकमा महानगरपालिका– १२ का अध्यक्ष बालकृष्ण महर्जन, १४ का अध्यक्ष सुमन श्रेष्ठसहित खोप सञ्चालन हुने वडाका सदस्य, स्वास्थ्य सेवा विभागको खोप तथा परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागी थिए।

महानगरका विभिन्न ९ मध्ये वडा नम्बर ६, ११, १४, १७ र ३१ मा २१ र २२ साउनमा कार्यक्रम चलाइनेछ । यसैगरी, वडा नं. १२, १५, १९ र ३२ मा २३ र २४ साउन कार्यक्रम चलाइने महानगरले जनाएको छ।

कार्यक्रमलाई प्रभावकारी बनाउन १८ र १९ साउनमा स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण दिइने, २० साउनमा खोप सञ्चालन हुने वडामा घरभेट तथा माइकिङका कार्यक्रम हुने पनि महानगरले जनाएको छ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरूलाई फाइजर बायोटक बिभालेन्ट खोप दिइनेछ। अहिले दिन लागिएको खोपले अहिलेसम्म कोभिड भाइरसका सबै प्रकारका परिवर्तित प्रकार सबैलाई काम गर्ने अधिकारीहरूको भनाइ छ।

बैठकमा वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले नागरिकको हित र सुरक्षा हुने खालका कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। ‘सामूहिक हितका विषयमा नागरिकलाई थाहा दिनुपर्छ। सहभागिता गराउनुपर्छ। यसका लागि वडाले संयोजन गर्नेछ,’ महर्जनको भनाइ छ।

बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर महानगरवासीको बचावटको उपायका लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। 

बैठकमा खोप शाखाका प्रमुख डा. अभियान गौतम, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर शाक्य, महानगरको स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनसहितका अधिकारीले खोपले संक्रमणको जोखिमबाट बचाउँछ भन्ने आमनागरिकलाई बुझाउन जरुरी भएको उल्लेख गरे। 

बैठकमा मैयाँ सैजुले यसअघि वडा नम्बर ६ बौद्ध र वडा १५ स्वयम्भूमा सञ्चालन गरिएको खोप अभियानको अनुभव प्रस्तुत गरेका थिए। 

त्यस्तै, एफएचआई ३६० का कार्यक्रम संयोजक रेगन रञ्जितले, कोभिड नियन्त्रण गर्न यसअघि गरिएका प्रयास र उपलब्धि तथा यसपटकको खोप कार्यक्रमको कार्ययोजनाका विषयमा प्रस्तुतीकरण गरेका थिए।

बैठकमा क्लिनिक इन्चार्जहरूले, खोप कार्यक्रमसँग सम्बन्धित आफ्ना भोगाइ, समस्या र समाधानका लागि गरिएका प्रयासका बारेमा अनुभव सुनाएका थिए।