१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिया रग्बी नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

‘एसिया रग्बी यू–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। नेपाल रग्बी संघद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता छ। 

प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ। 

त्यस्तै, महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया छन्। उक्त प्रतियोगिताको विजेता टोलीले एसिया रग्बीको ट्रफी प्राप्त गर्नेछ। उक्त प्रतियोगिताका लागि गत गत असार १५ गतेदेखि महिला तथा पुरुष टोलीको बन्द प्रशिक्षण पोखरामा भइरहेको आयोजकले जनाएको छ।

उक्त प्रतियोगिताका लागि करिब रु. ७२ लाख खर्च लाग्ने आयोजकको भनाइ छ। उक्त प्रतियोगिताको खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।