१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
एजेन्सी एडिलेड
२o८१ जेठ ६ आइतबार o७:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चीनको पोस्टमा इंग्ल्यान्डको ६ गोल

युरोपेली राष्ट्र पोर्चुगल पहिलोपटक फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ

Read Time : > 1 मिनेट
एजेन्सी, एडिलेड
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:o३:oo

उपाधि दाबेदार इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा एसियन राष्ट्र चीनमाथि ६–१ को सानदार जित निकालेको छ । समूह ‘डी’मा अपराजित रही इंग्ल्यान्डले प्रिक्वार्टरफाइनल स्थानसमेत सुरक्षित गरेको छ । इंग्ल्यान्डले तीन खेलबाट नौ अंक जोडेको छ । चीनले तीन अंक मात्र हात पारेको छ ।

समूह विजेता बन्ने क्रममा इंग्ल्यान्डकी स्ट्राइकर लौरेन जेम्सले दुई गोल गरेकी थिइन् । खेलमा उनले तीनपटक गोलका लागि असिस्ट पनि गरिन् । प्रतिस्पर्धामा इंग्ल्यान्डले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । अस्ट्रेलियाको एडिलेडको हिन्दमार्स रंगशालामा खेलको चौथो मिनेटमै इंग्ल्यान्डले १–० को अग्रता बनाएको थियो । एलेसिया रुसोले इंग्ल्यान्डलाई अग्रता दिलाएकी हुन् । 

खेलको २६औँ मिनेटमा लौरेन हेम्पले टोलीलाई २–० को स्थितिमा राखिन् । पहिलो हाफको ४१औँ मिनेटमा लौरेन जेम्सले ३–० का लागि गोल गरिन् । मध्यान्तरपछि चीनले खेलमा केही सुधार गरेको थियो । चीनले रक्षापंक्तिका साथै फिनिसिङमा सुधार गरेको हो । खेलको ५७औँ मिनेटमा चीनले खेललाई ३–१ को अन्तरमा ल्यायो । सुहाङ वाङले पेनाल्टीमा गोल गर्दै चीनलाई खेलमा फर्कने आशा दिलाइन् । यसै समूहमा डेनमार्कले हाइटीलाई २–० ले हरायो । यस जितसँगै डेनमार्कले तीन खेलबाट ६ अंक हात पार्दै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको छ । 

पोर्चुगल बाहिरियो
चारपटकको सर्वाधिक विजेता अमेरिकाले युरोपेली राष्ट्र पोर्चुगलसँग गोलरहित बराबरी खेलेको छ । बराबरी नजितासँगै पोर्चुगल समूह ‘ई’बाट बाहिरिएको छ । विश्वकपको इतिहासमा पहिलोपटक पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो । बराबरी नतिजाले अमेरिका उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ । साबिक विजेता अमेरिकालाई नकआउट चरणमा पुग्न बराबरी काफी थियो । अमेरिकाले यही योजनाका साथ पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यस समूहबाट नेदरल्यान्ड्स सर्वाधिक सात अंकका साथ समूह विजेता बन्यो । अमेरिकाले तीन खेलबाट पाँच अंक बनायो । पोर्चुगलले तीन खेलमा चार अंक मात्र बटुल्यो । 

युरोपकै शक्तिशाली फुटबल राष्ट्र नेदरल्यान्ड्सले समूह ‘ई’मा एसियन राष्ट्र भियतनामलाई ७–० ले हराएको छ । नेदरल्यान्ड्सको सानदार जितमा इस्मी र जिल रुडले समान दुई गोल गरेका थिए । यसैगरी, लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डी डन्कले समान एक गोल गर्न सफल भए । भियतनामको कजमोर रक्षापंक्तिको फाइदा लिँदै अनुभवी नेदरल्यान्ड्सले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । नेदरल्यान्ड्सले दोस्रो हाफमा दुई गोल मात्र गरेको थियो । 

ad
ad