मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
फाइल तस्बिर ।
अजित अधिकारी काठमाडौं
२०८० श्रावण १६ मंगलबार २०:४२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोल ९ र डिजेल ७ रुपैयाँ बढ्यो, ग्यास १३० रुपैयाँ घट्यो

Read Time : < 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०८० श्रावण १६ मंगलबार २०:४२:००

नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

निगमको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल ९ रुपैयाँ, डिजेल र मट्टीतेल समान ७ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको छ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७३ रुपैयाँ, डिजेल र मट्टीतेल समान एक सय ५३ रुपयाँ प्रतिलिटर पुगेको छ। 

काठमाडौंको तुलनामा तराईका जिल्लामा प्रतिलिटर २.५० रुपैयाँ र दाङ तथा सुर्खेतमा प्रतिलिटर एक रुपैयाँ पेट्रोल र डिजेल सस्तो पर्नेछ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने एक हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मंगलबार दिउँसो मूल्य बढेर आएका कारण निगमले पनि नेपााली बजारमा मूल्य समायोजन गरेको हो। १५ दिनअघिबाट निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने भन्दै स्वचालित प्रणाली लागू गरेको छ।