१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

खेर गएका सामग्रीबाट बन्छ क्रिएटिभ ह्याट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o९:oo

हाम्रो सुन्दरता बढाउन र टाउकोको संरक्षणमा पनि ह्याटको ठूलो भूमिका रहन्छ । नेपालमा ह्याटको फेसन कम छ । अझ क्रिएटिभ ह्याट निकै कम प्रयोग हुन्छ । यस्ता डिजाइन फेसन सोका लागि मात्र बनाइन्छ । यो क्रिएटिभ हुन्छ । यस्ता ह्याट बजारमा लगाएर हिँड्ने खालको भने हुँदैन । यसलाई फेसन सोकै लागि भनेर बनाइएको हुन्छ । मानिसहरूले इन्टेरियर डिजाइनमा पनि यसको प्रयोग गर्छन् । 

कसरी बनाइन्छ ?
टाउकोमा लगाइने भएकाले ह्याटमा प्रयोग हुने हरेक सामग्री हल्का हुनुपर्छ । गह्रौँ सामग्रीले ह्याट बनाउन मिल्दैन । बनाइएका डिजाइन कुनै लगाएर क्याटवाक गरिन्छ भने कुनै मार्केटमा लगाएर हिँड्न मिल्ने पनि हुन्छ । 

क्रिएटिभ ह्याट डिजाइन बनाउनका लागि भुइँमा फालिएका चिजहरू, जस्तै– फालिएको चाउचाउको खोल, स्याउको खोल, मरेका चराका प्वाँख, मयूरका प्वाँख, फालिएका प्लास्टिक, कागजलगायत प्रयोग गर्न सकिन्छ । चकलेटका खोल, नचाहिने प्लास्टिक, फालिएका टपरीहरू संकलन गरिन्छ ।

त्यसपछि धोएर सुकाइन्छ । कतिपयलाई कलरमा पकाएर सुकाइन्छ । र, कटिङ गरेर हेयर ब्यान्डमा फिक्स गरेर क्रिएटिभ ह्याट बनाइन्छ । क्रिएटिभ ह्याट डिजाइन फेसन सोका लागि मात्र बनाइन्छ । यसको मूल्य ८५० देखि ३५ सयसम्म पर्छ । 

ad
ad