१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १६ मंगलबार १o:o१:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

छाला स्वस्थ राख्ने घरेलु विधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १o:o१:oo

गर्मी मौसममा छालामा विभिन्न देखिने गर्छन् । अनुहारमा डन्डिफोर, रातो दाग आदि देखिन्छन् । घरेलु उपायबाटै यसबाट बच्न सकिन्छ । त्यसका लागि चामलको पिठोलाई रातभर भिजाउनुस् ।

बिहान यसलाई निकालेर सुन्तलाको बोक्राको धुलो मिसाई पेस्ट बनाउनुस् । यस्तो पेस्टलाई सुत्नुअघि अनुहारमा लगाउनुस् । १० मिनेटपछि अनुहार सफा गर्न सक्नुहुन्छ । यसो गर्दा अनुहारमा चमक आउने गर्छ । यस्तो विधिले अनुहारसम्बन्धी कैयौँ समस्याबाट पनि मुक्त गर्छ ।

यसबाहेक अर्को विधि पनि अपनाउन सक्नुहुन्छ । त्यसका लागि गुलाबको पात पिसेर त्यसमा कागती या टमाटरको रस मिसाउनुस् । यस्तो पेस्टलाई १० देखि १५ मिनेटसम्म अनुहारमा लगाउनुपर्छ ।

त्यसपछि निमको पात राखेको पानीले हटाउनुस् । यसले अनुहारको चमकमा अचम्मको सकारात्मक परिवर्तन ल्याउँछ । यस्तो पेस्ट बनाउँदा गुलाबको पातको सट्टा पुदिनाको पात पनि प्रयोग गर्न सक्नुहुन्छ ।