१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार १३:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नाराबाजी

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३९:oo

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै परिवार र आफन्तले कञ्चनपुर अस्पतालपरिसरमा नाराबाजी गरेका छन्। सप्तकोसी नगरपालिका– ९ का रामदेव खंगका छोरा १६ वर्षीय ओमप्रकाशकुमार खंगको मृत्यु भएपछि परिवार र स्थानीय आक्रोशित छन्।

ज्वरो आएर बिरामी भएका ओमप्रकाशलाई आइतबार बिहान करिब ११ बजे कञ्चनपुर नगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर, अस्पतालले करिब साढे ४ बजे मृत्यु भएको घोषणा गरेको थियो। रामदेवका अनुसार ज्वरो आएका ओमप्रकाशलाई घरमा एकपटक मुखबाट रगत बगेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनले भने, ‘अस्पताल भर्ना भएको दुई घन्टासम्म कोही डाक्टर हेर्न पनि आएनन्। मेरो गाउँका वीरेन्द्र यादवलाई फोन गरेर बोलाएपछि मात्रै डाक्टरले उपचार सुरु गरेका थिए।’

डाक्टर सञ्जय गुप्ताले लेखेको इन्जेक्सन लगाउनेबित्तिकै ओमप्रकाशको मुखबाट रगत आएको र केही मिनेटमै मृत्यु भएको उनले बताए। ‘मैले यहाँ उपचारमा समस्या भयो, बिरामीलाई रेफर गरिदिनुस् भने पनि यहीँ उपचार हुन्छ भन्दै स्थानीय क्लिनिकमा भिडियो एक्स–रे गर्न अस्पतालबाहिर पठाए। भिडियो एक्स–रे गरेर ल्याउँदासम्म मेरो छोरा हिँडेरै आएको थियो। तर, डाक्टर सञ्जयले लेखेको इन्जेक्सन लगाउनेबित्तिकै मेरा छोराको मुखबाट ह्वातै रगत आयो र केही मिनेटमै मृत्यु भयो,’ उनले भने।

पीडित परिवार र स्थानीयले चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै अस्पतालपरिसरमा नाराबाजी गरिरहेका छन्। केहीले अस्पतालको सिसामा समेत ढुंगा प्रहार गर्दा सिसा फुटेको छ। अहिले अस्पतालपरिसरमा इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपककुमार रायसहितको ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।

उपचारमा संलग्न डाक्टर सञ्जयले आफू हिजो  र आज बिदामा बसेको र अन्तिम समयमा मात्रै ओमप्रकाशको उपचारमा संलग्न भएको बताए। डाक्टर गुप्ताले मृत्युको कुनै कारण उल्लेख गरेनन् । २ बजेपछि आकस्मिक कक्षमा ड्युटीमा आएका डाक्टर उदय चौधरीले पनि मृत्युको कारण बताउन चाहेनन् ।

ad
ad