१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति र नेपाल सदभावना पार्टीबीच एकता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

नागरिक उन्मुक्ति पार्टी र नेपाल सदभावना पार्टीबीच एकता भएको छ। आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकता भएको घोषणा गरेका हुन्। 

एकता कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए। 

उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको बताए। नेता चौधरीले आफू साढे आठ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको स्मरण गरे। 

एकीकरण कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारूलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।