मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० श्रावण १४ आइतबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध हतियार र गोलीसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०८० श्रावण १४ आइतबार १२:२०:००

सिराहाको सुखीपुर नगरपालिका– ४ गोडिअर्वाबाट प्रहरीले भारतीय मोटरसाइकल चढेका दुई युवकलाई शनिबार अपराह्न अवैध हतियार र गोलीसहित पक्राउ गरेको छ।

सिलौर्वापछवारी प्रहरी चौकीबाट गस्तीमा खटिएको टोलीले औरही गाउँपालिका– २ बननिया बस्ने करिब २४ वर्षीय कमरुद्दिन राइन र १८ वर्षीय चन्दनकुमार सदायलाई सेमिअटोमेटिक होममेड पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार राइनले चलाएको बिआर ३२ एएम ३७७८ नम्बरको भारतीय मोटरसाइकल शंका लागी चेकजाँच गर्दा सिटमुनि लुकाएको अवस्थामा पेस्तोल र गोली बरामद भएको हो। मोटरसाइकल, पेस्तोल र गोलीसहित पक्राउ गरिएका दुईजनालाई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको उनले बताए।